प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग गरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेता डा। बाबुराम भट्टराई विरुद्ध सर्वोच्चमा युद्ध अपराध सम्बन्धी रिट परेसँगै प्रधानमन्त्री पलबाट राजीनामा माग गरिएको हो ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० हाजिर हुन भनेको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
शाहीले व्यक्तिगत रूपमा प्रचण्ड युद्ध अपराधमा दोषी भए पनि देश हुन नसक्ने भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएर अदालतमा जानुपर्ने बताएका छन् ।
माओवादीले तत्कालीन समयमा सशस्त्र युद्धमा नाबालकलाई प्रयोग गरी युद्ध अपराध गरेको भन्दै आजै युद्ध अपराध मुद्दा दर्ता भएको छ । अबोध नाबालकलाई बाल सेनाको रूपमा प्रयोग गरी अयोग्य लडाकु भन्दै जबरजस्ती शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै सशस्त्र युद्धका बाल सेना लेनिन विष्टले अदालतमा रिट दिएका हुन् ।