श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ २९ गते सोमबार, १२ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको नवमी तिथि १०ः५५ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र उत्तरभाद्र १४ः०८ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्य पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्यामा समय बित्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। उठेको रकम खर्च हुनेछ। सजिलै लक्ष्य प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो काममा जग बसाउने मौका छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार बढ्नेछ र पेसा–व्यवसायमा पनि मनग्य लाभ हुनेछ । शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समस्या सुल्झाउँदै अघि बढ्नुपर्ने समय छ । साथीभाइ टाढिनेछन्। काम रोकिनाले दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ।