श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ ३० गते मङ्गलबार, १३ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको दशमी तिथि ०९ः३१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र रेवती १३ः५२ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ। पहिलेको चुनौती समाप्त होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले दाम र इनाम हातपार्न सफल भइनेछ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आंशिक फाइदा भए पनि चिताएको काम पूरा हुनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।