श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ ३१ गते बुधबार, १४ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको एकादशी तिथि ०९ः११ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्विनी १४ः०० बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
घरखर्च बढ्नुका साथै अर्थअभाव देखापर्नेछ। काम बिग्रने भयले सताउनेछ।स्वास्थ्यमा समस्या आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले राम्रो साथ दिनेछन् । पहिलेको सफलताले पनि नयाँ अवसर दिलाउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सरसापट वा ऋण लिनुपर्ने हुनसक्छ । सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिले रोकिएको कामले उत्साह जगाउनेछ । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेका कामबाट लाभ हुनेछ।  उठ्नुपर्ने रकम अरूले हत्याउन सक्छन्। पेसा–व्यवसायबाट कम मात्र फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नु होला। साँझतिर स्थितिमा सुधार आउनेछ।