खोटाङमा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ मा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो ।
नगरपालिकाको ६ नम्बर वडा घर भई हाल ७ नम्बर वडामा बस्दै आएका ३२ वर्षीय बालजीत राईलाई आ फ्नौ श्रीमती हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
कार्यालयका अनुसार राईले मंगलबार साँझ सामान्य विवाद हुँदा २८ वर्षीय श्रीमती सरीता तामाङलाई कुटपिट पश्चात् खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचना पाए सँगै घटना स्थल पुगेको प्रहरी टोलीले श्रीमतीकाे हत्या गरी घर नजिकै रहेको जङ्गलमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो ।
पक्राउ गरिएका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
हत्या गरेको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।