श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल जेठ ३२ गते बिहीबार, १५ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको द्वादशी तिथि ०८ः५५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र भरणी १४ः३१ बजेसम्म उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थअभावले विशेष काम रोकिन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तर, अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम तत्काल फिर्ता नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आश्वासन बाँड्नेहरूले झुक्याउलान् । टाढाका साथीभाइ नजिकिनेछन् । पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सम्पादित कामको मूल्याङ्कनले जिम्मेवारी दिलाउनेछ । विभिन्न कामका अवसर प्राप्त हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनग्य धन सञ्चय हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । व्यापारमा राम्रै फड्को मार्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि सञ्चय गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ।