कोशी प्रदेश सरकारलाई आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने बाटो खुलेको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले दुई अध्यादेश जारी गरेसँगै प्रदेश सरकारले बजेट ल्याउने मार्ग प्रशस्त भएको छ ।
कोशी प्रदेश प्रमुख खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका छन् ।
नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेको छ ।
प्रदेश सरकारले हिजो नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेपछि बुधबार रातिबाट संसद अन्त्य भएको छ ।