कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ । 

अध्यादेशमार्फत् आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि वेल निर्माण गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएका छन् । 

  यस्तै बजेटमा कृषि क्षेत्रको प्रवर्द्धन तथा संचालनको लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ भने सिँचाइका लागि २ अरर्ब ६३ करोड रूपैयाँ छुट्याइएको बताइएको ।


पूर्णपाठ





तस्बिरः स्क्रिनसट/ एनटिभी इटहरी