मेयर साम्पाङले भने 'मुद्दा लागाउने वैधानिक हैनन्
धरानका नगर प्रमुख हर्क साम्पाङले बिहीबार साँझ धरानमा सञ्चारकर्मीमाझ आफ्ना धारणा राख्दै खानेपानी व्यवस्थापन बोर्डका सदस्य बताउने अनधिकृत संस्थाका प्रतिनिधिले आफूलाई मुद्दा हालेको बताएका छन् ।
खानेपानी अत्यावश्यक वस्तु भएकाले निर्णय गरेर तीन महिना झुलाएर पानी खुवाउने भन्ने प्रश्न नउठ्ने बताउँदै नगर प्रमुख साम्पाङले गलत आधार पेश गरेर अस्तित्वमा नै नरहेका संस्था र प्रतिनिधिले बोर्डको सदस्य दाबी गर्दा आफूले त्यसलाई वैधानिक नमान्ने बताए ।
‘फल्स डकुमेन्ट पेस गरेर फर्जी तवरले बोर्डको सदस्य भएको दाबी गर्दै मलाई मुद्दा हालेका छन्,’ नगर प्रमुख साम्पाङले भने, ‘अस्तित्वमा नभएको संस्थाले दाबी गर्दा लिगल हुन्छ ?, म आफ्नो प्रतिरक्षाका लागि आफैं अदालतमा बहस गर्छु ।’
पब्लिकलाई विकाससँग जोड्न खोज्दा विषय पाच्य नभएको नगर प्रमुख साम्पाङले आरोप लगाए ।
बोर्डका सदस्य रहेका धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले शुक्रबार यावत् विषयमा जानकारी दिने बताए । नगर प्रमुख साम्पाङले लगाएको आरोपका विषयमा ब्लाष्टकर्मीले प्रश्न गर्दा वडाध्यक्ष भट्टराईले भने, ‘डकुमेन्ट लिगल नभएको भए, संस्था दर्ता नभएको भए, जिल्ला प्रशासन कार्यालयमा दर्ता नभएको भए हामी कसरी बोर्डको सदस्य भयौं त ? नगरपालिकामा सूचीकृत नभएको कुरा हो, कम्पनीहरु रजिस्टार कार्यालयमा दर्ता हुन्छन्, समाज कल्याण मन्त्रालयमा हुन्छन्, जिल्ला प्रशासन कार्यालयमा हुन्छन् । नगरपालिकामा सूचीकृत नभएको भन्ने ठूलो कुरा होइन, भरे पनि गर्न सकिन्छ, भोलि पनि हुनसक्छ बोर्डलाई आवश्यक परे ।’
भिडियो हेर्नुहोस्