श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार १ गते शुक्रबार, १६ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको त्रयोदशी तिथि ०९ः०१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र कृतिका १५ः२४ बजेसम्म, उप्रान्त  रोहिणी, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। मिहिनेतको फल प्राप्त हुनेछ।अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सापटी दिने बानीले समस्या निम्त्याउनेछ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्य लाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारतर्फ फाइदा हुनेछ।
्मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुनसक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।