धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७७ (छाता ऐन) अन्तर्गत राख्न लागेको विरोधमा ‘मार्च टु काठमान्डु’ अभियान सुरु गरिने बताइएको छ । 

बिपी प्रतिष्ठानलाई छाता ऐनबाट झिकियोस्, प्रतिष्ठानलाई युनिभर्सिटी बनाइयोस्’ भन्ने मागसहित धरानबाट ‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति–२०८०’ को नेतृत्वमा हजारौं धराने काठमान्डु पुग्ने छन् । प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल गर्दै सम्बन्धित मन्त्रालयदेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गरिनेछ । 

Save BPKIHS_Public_Protest_blastkhabar.com4

नागरिक दबाव समूहका संयोजक डा. राजेन्द्र शर्माले शुक्रबार प्रतिष्ठानस्थित अडिटोरियम हलमा आयोजित अन्तर्क्रियामा ‘मार्च टु काठमान्डु’ अवधारणाका बारेमा बताए । 

‘जबरजस्ती नगर सरकार छाता ऐन हामी मान्दैनौं, प्रत्युत्पादक परिणाम आए केही जान्दैनौं’ भन्ने नाराका साथ प्रतिष्ठानलाई छाता ऐनबाट मूक्त गर्ने अभियान सुरु भएको डा. शर्माले बताए । डा. शर्माले हाल बैकुण्ठ अर्याल नेपाल सरकारको मुख्य सचिव रहेको उल्लेख गर्दै उनैले प्रतिष्ठान शुद्धीकरणका विषयमा प्रतिवेदन तयार गरेकाले प्रतिष्ठानलाई स्वायत्त रुपमा निर्माण गर्न पहल गर्ने विश्वास व्यक्त गरे । 

Save BPKIHS_Public_Protest_blastkhabar.com (3)

केही दिन अघि प्रतिष्ठानका निमित्त उपकुलपति सञ्जीव शर्मामार्फत् सहकुलपति स्वास्थ्य मन्त्री र कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाइएको ज्ञापन–पत्र वाचन गरिएको थियो । संघर्ष समितिका समन्वय सचिव महेन्द्र प्रधानले ज्ञापन–पत्र प्रस्तुत गरेका थिए । 

अन्तर्क्रियामा धरानका पूर्व जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, बुद्धिजीवि, शिक्षक, प्राध्यापक, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रतिष्ठानका चिकित्सक विद्यार्थी र युवाहरुको उपस्थिति रहेको थियो । उपस्थितले प्रतिष्ठानलाई छाता ऐनमा राख्ने कदमको प्रतिरोध गरेका थिए । 

Save BPKIHS_Public_Protest_blastkhabar.com (2)

संघर्ष समितिका संयोजक मुक्सामहाङ मेन्याङ्बोको अध्यक्षतामा भएको अन्तर्क्रियामा सदस्य सचिव ताजुब लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।        

Save BPKIHS_Public_Protest_blastkhabar.com (1)