अवैध लागू औषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

मोरङको कानेपोखरी गाउँपालिका–७  बस्ने वर्ष ४२ का चन्द्र कार्की र सोही मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका वडा नं.–७ बस्ने वर्ष ४५ का शुक्र लिम्बूलाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरुलाई कानेपोखरी र इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ७ ग्राम ३०० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।