धरान । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा ‘तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव’ सम्पन्न भएको छ ।
बुधबारदेखि सुरु भएको महोत्सव म्याजिक सिनेमा हलमा सम्पन्न गरिएको हो । कार्यक्रमको पहिलो दिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल मोदीले उद्घाटन गरेका थिए । त्यस्तै दोश्रो दिन पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारको प्रमुख आतिथ्यतामा सम्पनन भएको थियो ।
थारू चलचित्र उद्योगको उथान र प्रवर्धन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा थारू चलचित्र क्षेत्रमा कार्यरतलाई सम्मानित गरिएको छ । थारु चलचित्र तथा सांस्कृतिक संघ केन्द्रिय कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा १ सय ५ जनालाई सम्मान गरिएको अध्यक्ष परशुराम चौधरीले जानकारी दिए ।
कार्यक्रममा रेणु चौधरी, निलम चौधरी खवास, सोनु थारु, लक्ष्मी चौधरी, जानकी चौधरी, श्रीनिवास चौधरी, राजेन्द्र भगत, राजु राजदेव चौधरी, कुलदिप चौधरी, केशव रायमाझी, राजकुमार श्रेष्ठ, अरुण कुमार प्रधान, सुवास संकल्प, मेनुका माझी, जय चौधरी, देव कृष्ण बिश्वास, जनक चौधरी, कृष्णदोषी चौधरी, सोमा चौधरी, एण्डिसा चौधरी, वीर चौधरी, हिरा चौधरी लगायतलाई सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिद्वय अमनलाल मोदि र बिजय कुमार गच्छदार, अध्यक्ष परशुराम चौधरीले सम्मान–पत्र हस्तान्तरण गरे । २०४७ सालमा निर्माण भएको प्रथम थारू चलचित्र करमसहित हालसम्म १ सय १५ थारू फिल्म तथा ८० ओटा लघु फिल्म निर्माण भइसकेको छ ।