श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार  २ गते शनिबार, १७ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको चतुर्दशी तिथि ०९ः३० बजेसम्म, उप्रान्त औंसी, नक्षत्र रोहिणी १६ः४० बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ । 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ। 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। उधारोमा व्यापार गर्नुपर्ला।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। 


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । काम रोकिए पनि लाभांश प्राप्त भइरहनेछ। 


मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महŒवाकाङ्क्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य कार्य गरिनेछ ।