परिवर्तनका लागि सामाजिक अभियान धरान र जोर सखुवा भुल्के बाबु समूह धरान १६ को आयोजनामा सामाजिक स्वास्थ्य क्लिनिक सन्चालन गरिएको छ । 

७० वर्षमाथिका अशक्त नागरिकका लागि सन्चालन गरिको सामाजिक स्वास्थ्य क्लिनिकमा मुटुरोग, मधुमेह, रक्तचापसम्बन्धि रोगको परीक्षण परामर्श गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहले जानकारी दिए । 

samajik_swasthya_parikshan_dharan_blastkhabar (3)

‘रोग पहिचान भएका ज्येष्ठ नागरिकसँगै रोगबारे जानकारी नै नभएका पनि स्वास्थ्य परीक्षणमा आएको देखियो, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. साहले भने, ‘पहिलो पटक जाँच गरेको बताउने ३२० सुगर लेभल भएका नागरिकको पनि रोग पहिचान गर्यौ ।’ 

samajik_swasthya_parikshan_dharan_blastkhabar (2)

स्वास्थ्य परीक्षणमा ७५ जना ७० वर्षमाथिका बाआमाको स्वास्थ्य परीक्षण गरिएको बाबु समूहमा आवद्ध स्थानीय समाजसेवी हिमाल कार्कीले जानकारी दिए ।

सामाजिक स्वास्थ्य क्लिनिक धरान १६ स्थित लिगामेन्ट स्कुलमा सञ्चालन गरिएको छ । 

samajik_swasthya_parikshan_dharan_blastkhabar (4) 1