श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार ३ गते आइतबार, १८ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको औंसी तिथि १०ः२३ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मृगशिरा १८ः२० बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। पछिका लागि लगानी गर्न सकिनेछ।