धरान । परिवर्तनका लागि सामाजिक अभियानको ३९ औँ सामाजिक स्वास्थ्य क्लिनिक धरान–१६ स्थित लिगामेन्ट स्कुल परिसरमा भएको छ ।

क्लिनिकमा एक सय दुई जना ज्येष्ठ नागरिक लाभान्वित भएको अध्यक्ष विष्णु बरालले जानकारी दिए । क्लिनिकमा यसपटक धूमपानको लतका कारण समस्या भएका बिरामी फेला परेको मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले बताए ।

धूमपानको लतका कारण मुटुरोग, मधुमेह, उच्चरक्तचाप लगायतका समस्या देखिएको उनले बताए । क्लिनिक जोर सखुवा भुल्के बाबु समूहको सहकार्यमा सम्पन्न भएको हो ।

पाक्षिक रूपमा गरिँदै आएको कार्यक्रममा यसपटक सोचेभन्दा बढी बिरामीहरू लाभान्वित भएको संस्थाका सचिव एवम् कार्यक्रम संयोजक त्रिभुवन बरालले जानकारी दिए । क्लिनिकमा विशेषगरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई सेवा दिँदै आएको छ । क्लिनिकमा मुटुरोग विशेषज्ञ डा. साहले सहकार्य गर्दै आएका छन् ।