श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार  ४ गते सोमबार, १९ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको प्रतिपदा तिथि ११ः४० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र आद्र्रा २०ः२३ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। दिगो योजना प्रारम्भ होला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा धेरै समय दिन नसकिएला । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सोखले खर्च बढाउने हुँदा अर्थ अभावसमेत देखापर्न सक्छ।नयाँ कामको प्रस्ताव आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा सफलता प्राप्त हुनाले थप हौसला जाग्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपु¥याउँदा केही चुनौती झेल्नुपर्ला।
्मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला।