राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७७ (छाता ऐन) अन्तर्गत राख्न लागेको विरोधमा धर्ना दिएको छ ।
छाता ऐनविरुद्ध शान्तिपूर्ण दबावसहित प्रतिष्ठानभित्रको भ्रष्टाचार र व्यथितिविरुद्ध दबाव दिइएको रास्वपा धरान अध्यक्ष राजेशमान श्रेष्ठले जानकारी दिए ।
प्रतिष्ठान मूल गेट अगाडि रास्वपाले सोमबार धर्ना दिंदै छाता ऐनको षडयन्त्रमा नलान र प्रतिष्ठानलाई युनिभर्सिटी बनाउन शान्निपूर्ण मागसहित धर्ना दिएको हो ।
रास्वपाले पार्टीको वार्षिक दिवसलाई विकृति, विसंगतिविरुद्ध सप्ताहव्यापी कार्यक्रम गर्दै मनाउने घोषणा गरेको छ । आज चौंथो दिन पार्टीले धरानस्थित बिपी प्रतिष्ठानमा धर्ना भ्रष्टाचार, विकृति र छाता ऐनविरुद्ध धर्ना दिएको हो ।