श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार  ६ गते बुधबार, २१ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको तृतीया तिथि १५ः२५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पुष्य भोलि ०१ः३४ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ। मिहिनेतले नाम, दाम र इनाम आर्जन हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जान सक्छ। प्रक्रिया नमिल्नाले पनि काम दोहो¥याउनु पर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विभिन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखारिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न स्रोत–साधन प्राप्त हुनेछन् र साँझतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ। बोलीका भरमा काम सम्पादन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको विश्वासमा पर्दा धोका हुनसक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ।
्मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।