दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ । बाढीबाट स्थानीय कृषिमा एक अर्ब र्यणन्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर) क्षति पुग्न सक्ने आँकलन गरिएको छ ।

स्थानीय  सञ्चार माध्यमका  अनुसार पश्चिमी केप सरकारले प्रारम्भिक बाढी क्षतिको आँकलन गर्दै प्रान्तको कृषि क्षेत्रको लागि ७५० मिलियन र १ बिलियन रेन्डको बीचमा हुने अनुमान गरेको छ ।

यद्यपि प्रान्तीय सरकारका प्रमुख वेस्टर्न केपका प्रिमियर एलन विन्डेले हालै आएको बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जनाएका छन् ।

‘दुर्भाग्यवश बाढीमा दुई जनाले ज्यान गुमाएका छन् । हामी हराएकाहरूका प्रियजनहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । प्रत्येक जीवन गुमाउनु दुःखद हो,’ उनले प्रान्तीय सरकारको वेबसाइटलाई उद्धृत गर्दै भनेका छन् ।

जुन १४ र जुन १९ बीचको भारी वर्षाको कारण दक्षिण अफ्रिकाको दक्षिणी प्रान्त पश्चिमी केपका केही क्षेत्रहरूमा ठूलो बाढी निम्त्याएको छ । गत हप्तादेखि आएको बाढीमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् ।

बाढीबाट प्रभावित क्षेत्रमा नदी पार गरेर यात्रा गर्ने र जोखिमयुक्त सडकमा नजान सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।