श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार ७ गते बिहीबार, २२ जुन २०२३, पिङ्गलनाम संवत्सर, असार शुक्लपक्षको चतुर्थी तिथि १७ः४३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अश्लेषा भोलि ०४ः३१ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् । काम बनाउन दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पु¥याउन सक्छ। प्रशंसकहरू बढ्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन् । नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले थप हौसला प्रदान गर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको प्रस्ताव आउनेछ। तर, अवसरका साथ केही चुनौती पनि देखा पर्नेछ।