६१ लाख बराबरको सुन चाँदीका गरगहना चोरी गरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् । 

मोरङ अदालतलले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो । 

अदालतको आदेशबाट पक्राउ परेका विराटनगर १२ का २१ वर्षीया राजकुमार कामत, सोही ठाउँका  १९ वर्षीया  विवेक कामत र २२ वर्षीया श्रीकान्त दास कारागार चलान भएको मोरङ अदालतले जनाएको छ । 

३ जेठमा विराटनगर महानगरपालिका वडा नं. ३ पिपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन (अन्दाजी मुल्य २० लाख) र ३६ के.जी. चाँदी (अन्दाजी मुल्य ४१ लाख) गरी जम्मा ६१ लाख बराबरको सुन चाँदीका गरगहना चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

सुन चाँदी चोरी गरेको एक सातापछि ११ जेठमा  विराटनगर ३ बाट उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको  साथबाट चोरीको चाँदीको गरगहना ३५ केजी र सुन ८ ग्राम सहित पक्राउ गरी डाका चोरी मुद्दामा अनुसन्धान गरेको थियो । 

अनुसन्धान पुरा गरेपछि मंगलबार मोरङ जिल्ला अदालतमा अभियाग पेश भएको थियो ।