विराटनगर । कटहरी गाउँपालिकाले पूर्वाधार, कृषी र स्वास्थ्यलाई प्राथामिकता राखेर आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । 

गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७४ बुद्धे नीति तथा कार्यक्रम बिहीबार सार्वजानिक गरेका हुन् । गाउँपालिकाले स्थानीय पाठ्यक्रमको निर्माण गरी लागू गरिने अध्यक्ष चौधरीले बताए । यस्तै विद्यालय भौतीक पूर्वाधारको मर्मत सुधारलाई प्राथमिकतामा राखिने, 

स्वास्थ्य केन्द्रह?लाई प्रविधिमैत्री बनाइने, भवन निर्माण गर्न बाँकी रहेका आधारभूत स्वाथ्य केन्द्रहरूको भवन निर्माण गर्नका लागि संघीय सरकार तथा प्रदेश सरकार सँग आवश्यक समन्वय गरी भवन निर्माण कार्य अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेखछ ।

यस्तैगरी  १५ शैया अस्पताल निर्माणको लागि न्यूनतम १५ कठ्ठा जग्गा निःशुल्क प्राप्ति गर्ने प्रकृया सम्पन्न गरी संघीय सरकार सँगको सहकार्यमा आगामी वर्ष १५ शैया अस्पताल निर्माणको थालनी गरिने, स्वास्थ्य संस्थाहरूमा समावेशी पूर्वाधार सहित सवैका लागि सुलभ सेवा उपलव्ध गराइने बताइएको छ ।

यस्तै कटहरी गाउँपालिकाको भाषा, धर्म, संस्कृति, भेषभुषाहरूको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन तथा उत्थान गर्नका लागि प्राथामिकता दिइने, खेलकुद क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधार विकासमा जोड दिइने बताइएको छ । 

कार्यक्रममा कोशी प्रदेशका सांसद भिम पराजुलीले कटहरी गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यन्वयन गरेर लैजानुपर्नेमा जोड दिए । 

सोही अवसरमा कटहरी गाउँपालिकाका सामाजिक शाखा प्रमुख शम्भू सापकोटा नगद ५१ हजार रूपैयाँले सम्मान गरेको छ । सम्मानित भएका सापकोटालाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।