श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार ८ गते शुक्रबार, २३ जुन २०२३, पिंगल संवत्सर, असार शुक्ल पक्षको पञ्चमी तिथि २०ः०९ बजेसम्म उप्रान्त षष्ठी, नक्षत्र मघा भोलि ०७ः३१ बजेसम्म पुर्वफाल्गुनी, चन्द्रराशि– सिंह, सुर्योदय ०५ः०९ बजे र सुर्यास्त ०७ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रु र प्रतिस्पर्धीलाईपछि पार्न सफल भइनेछ । बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै काममा सम्झौता गर्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुखद समाचारले उत्साह जगाउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।