श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार ९ गते शनिबार, २४ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको षष्ठी तिथि २२ः२१ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मघा ०७ः३१ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अस्वस्थताले अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बलजफ्तीले समस्या निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बुद्धिको उपयोगले काम बन्नेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । वैदेशिक यात्राको काम बन्नेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । ईष्र्या गर्नेहरूले काममा अवरोध गर्ला । 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कामसमेत सम्पादन हुनेछ । 


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । टाढिएका साथीभाइ नजिकिन सक्छन् ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विवादबाट टाढै रहने प्रयत्न गर्नुहोला । अध्ययन तथा लेखनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ ।