टाइटानिक जहाजको भग्नावशेष नजिकै हराएको पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको अमेरिकी तटरक्षक बलले बिहीबार जनाएको छ । चार दिनअघि उत्तरी एटलान्टिक महासागरमा यो सानो पर्यटकीय जहाज (पनडुब्बी) हराएपछि विश्वलाई मोहित पार्ने बहुराष्ट्रिय खोज तथा उद्धार अभियानको अन्त्य भएको छ ।
रियर एडमिरल जोन मौगरले बोस्टनमा पत्रकारहरूसँग भन्नुभयो , “विश्लेषणले टाइटानिक जहाजको धनुषबाट १,६०० फिट ९५०० मिटर० टाढा समुद्री सतहमा फेला परेको मलबेलाई पनडुब्बीको ‘प्रेसर चेम्बर’ को दुर्घटनासँग मिल्दोजुल्दो देखाएको छ ।
“संयुक्त राज्य अमेरिकाको तटरक्षक बल र सम्पूर्ण एकीकृत कमाण्डको तर्फबाट, म परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु,” मौगरले भने ।
जहाजमा बेलायती अन्वेषक हामिश हार्डिङ, फ्रान्सेली पनडुब्बी विशेषज्ञ पल हेनरी नार्गोलेट, पाकिस्तानी–बेलायती टाइकून शाहाजादा दाउद र उनका छोरा सुलेमान तथा पनडुब्बीको अपरेटर ओसनगेट एक्सपिडिसन्सका कार्यकारी प्रमुख स्टकटन रश थिए ।
ओसियनगेटले भनेको छ, “यस दुःखद घडीमा यी पाँच आत्मा र उनीहरूका परिवारका हरेक सदस्यप्रति हामी समवेदना व्यक्त गर्दछौँ ।”
“यी व्यक्तिहरू साँचो अन्वेषकहरू थिए जसले साहसिक कार्यको अग्रता लिए र विश्वका महासागरहरूको अन्वेषण र संरक्षणको लागि गहिरो चाहना गरका थिए,” ओसिएनगेटको विज्ञप्तिमा भनिएको छ ।
पानीमुनिको रोबोट ‘मलबेको क्षेत्र’ अर्थात् टाइटानिकको भग्नावशेष क्षेत्रमा पुगेको तटरक्षक बलले बिहीबार जानकारी गराएको थियो ।