श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार १० गते आइतबार, २५ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको सप्तमी तिथि भोलि ००ः३७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वफाल्गुनी १०ः२२ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तर, मिहिनेत गरे बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ।हतारको निर्णयले काम रोकिन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझावले फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशेष योजना सार्वजनिक नगर्नुहोला । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाजुभाइमा असमझदारी बढ्न सक्छ। काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा सामान्य लाभ हुनेछ तर, चिताएको फल प्राप्त नहुन सक्छ। दैनिक काम सफल पार्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।