फिफाले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्ररी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ ।
फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका लागि आफ्नो २४ औं परिषद् बैठकबाट यो निर्णय गरेको हो ।
युएईले गत फेब्ररीमा प्रतियोगिता आयोजना गर्न आफ्नो उम्मेदवारी फाइल बुझाएको थियो ।
दुबईमा सन् २००९ को संस्करणपछि युएईले बिच सकर विश्वकप आयोजना गरेको यो दोस्रो पटक हो ।
—रासस