विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ५६ करोड ७६ लाख १० हजार ९ सय ६१  रुपैयाँको बजेट ल्याएको छ। गाउँपालिको १३ औँ गाउँ  अधिवेशनमा उपाध्यक्ष गुनावती देवि थारुले आइतबार आगामी आर्थिक वर्षका लागि सो बराबरको बजेट प्रस्तुत गरेकी हुन्। 

चालु तर्फ ३५ प्रतिशत अर्थात् १९ करोड ८६ लाख ६३ हजार ८३६ रुपैयाँ र पुजिगत तर्फ ६५ प्रतिशत अर्थात् ३६ करोड ८९ लाख ४७ हजार १२५ रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

गाउँपालिकाको आम्दानी तर्फ  संघियसमानिकरण अनुदान

११ करोड ७०लाख, संघिय सशर्त अनुदान  ३० करोड नौ लाख रुपैयाँ, संघिय विशेष अनुदान ६० लाख, संघिय समपूरक अनुदान ८५ लाख,  संघिय राजस्व बाँडफाँड आयकर मुअकर अन्तःशुल्क ८ करोड ३९ लाख ९३ हजार, ८ सय, प्रदेश समानिकरण अनुदान ७३ लाख १४ हजार,  प्रदेश सशर्त अनुदान ४१ लाख २५ हजार, प्रदेश सरकार समपूरक अनुदान ९७ लाख ४८ हजार, प्रदेश राजस्व बाँडफाँड ,सवारी साधन कर ४१ लाख ९१ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्क ६० लाख,  आन्तरिक श्रोत ६२ लाख ९१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

व्यय तर्फ पूर्वाधार विकासमा ११ करोड ३५ लाख, स्वास्थ्यमा ५० लाख, शिक्षामा १ करोड १४ लाख, पशुपंक्षिमा ५० लाख,  कृषिमा ४० लाख,  सहकारीमा २ लाख ५० हजार, सामाजिक विकासमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सोही अवसरमा गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  गाउँपालिका अध्यक्ष जय प्रकाश गच्छदारले पूर्वाधार, शिक्षा, कृषि र स्वास्थ्य लाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।