धरान उपमहानगरपालिकाले स्थानीय संचारमाध्यमलाई सुदृढीकरण गर्ने नीति लिएको छ ।
आर्थिक वर्ष २०८०– ८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले स्थानीय संचारलाई सुदृढीकरण गर्ने नीति लिइएको बताए । उपमहानगरले जनहितमा जारी गर्ने सूचनालाई खुल्ला रुपमा प्रचारप्रसार गर्ने नीति अवलम्बन गर्ने बताए ।
स्थानीय तहबाट प्रकाशित हुने पत्रपत्रिका र व्यवसायलाई प्रवद्र्धन गर्ने नगरको नीति रहेको उपप्रमुख बेघाले उल्लेख गरेका छन् । नगरले प्रदान गर्ने विज्ञापन तथा सूचनामा स्थानीय संचारमाध्यमलाई प्राथमिकता दिने नीति लिइएको छ ।
स्थानीय सरकारलाई सूचनामैत्री तुल्याइने कार्यक्रममा उपप्रमुख बेघाले उद्घोष गरेका छन् ।
बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख बेघाले सूचना तथा संचार विकासका लागि २५ लाख ५० हजार रुपैयाँ आन्तरिक स्रोतबाट विनियोजन गरेको उल्लेख गरेका छन् ।