श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार ११ गते सोमबार, २६ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको अष्टमी तिथि भोलि ०२ः१६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरफाल्गुनी १२ः५३ बजेसम्म, चन्द्रमा राशि  कन्या, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विभिन्न अवसर प्राप्त होला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौती पन्छाएर कामको जग बसाउने मौका छ । मान्यजनको साथ प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज अरूलाई दिने नभई धनमाल भिœयाउने समय छ । साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा मनग्य लाभ हुनेछ।रचनात्मक काममा जुट्ने समय छ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सानोतिनो काममा सञ्चित रकम खर्चनु पर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेलामा होस नपु¥याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज आफन्तबाट सावधानी अपनाउनुहोला । व्यवसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछ । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ।