श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार १३ गते बुधबार, २८ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको दशमी तिथि भोलि ०३ः२९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र चित्रा १६ः०९ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः०१० बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गरे दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुने समय छ।आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा फाइदा नभए पनि पशुपालन क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काममा भने दोहो¥याएर प्रयत्न गर्नुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। लाभ हुने काम प्रारम्भ गर्ने समय छ।