श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार १४ गते बिहीबार, २९ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको एकादशी तिथि भोलि ०२ः५३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र स्वाती १६ः३९ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः०१ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अतिथिका रूपमा सत्कार पाइनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। केही कामले अलमलिनु पर्दा काम बन्न समय लाग्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला। भविष्यमा लाभ लिने योजना अघि बढाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्ने। सुखद् समाचारले उत्साह जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ। बेसुरमा गरिएको कामले पनि उपलब्धि दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अहिलेको फाइदाले पछिलाई घाटा हुन सक्छ । स्वास्थ्यका लागि आहार–विहारमा ध्यान पुर्याउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यावहारिक समस्या सुल्झाउँदै सामाजिक कार्यमा अग्रसर भइनेछ। समस्या दर्शाएर सहयोगीहरू फेला पार्न सकिनेछ।