जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सभामा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने सम्बन्धमा आज हुने मतदान प्रक्रियामा सहभागी नहुने निर्यण गरेको छ । जसपा प्रदेशको आज बसेको बैठकले यस्तो निर्यण गरेको हो ।
आज प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएपछि मतदान हुँदैछ । सो मतदान कार्यमा जसपा सहभागी नहुने जानकारी जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले जानकारी दिए ।
पहिचानलाई सम्बोधन गरेर पुनः प्रदेशको नामाकरण गर्ने बारे बलियो राजनीतिक आधार निर्माण नभएसम्म जसपा प्रदेश नम्बर १ कसैको पक्ष वा विपक्षमा मतदान नगर्ने र तटस्थ रहने नीतिका साथ अगाडि बढ्ने उनले बताए ।