कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक आपसको लडाइँका कारण राजनीतिक अस्थिरताको खेल सुरु भएको बताएका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले असल परम्पराको अभ्यास गर्नुपर्ने भए पनि पूरा नभएको बताए । राजनीति अस्थिरतको कारणले संविधानमा भएको व्यवस्था अनुसार नै बजेट ल्याएको बताएका छन् ।
प्रदेश सभामा मुख्यमन्त्री कार्कीले बोल्ने क्रम जारी छ ।