कोशी प्रदेशसभाको तेस्रो अधिवेशनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  प्रदेशसभामा रहेका कोही पनि पार्टीहरु मध्यावधिमा जानसक्ने अवस्था नरहेको बताएका छन् । उनले अर्को सरकार बन्ने अवस्था पनि नरहेको दाबी गरेका छन्  ।

सरकारलाई विश्वासको मत दिनैपर्ने बताउँदै उनले सबै कुरा राम्रो गरिरहेको कारण विश्वासको मत दिन्न भन्न नपाउने उनले बताए । ‘यो प्रदेश सरकार तपाईंहरुले विश्वास गर्न लायक छ, विश्वास गर्नुपर्छ,’ उनले भने, ‘बिना कारण विश्वास झिकेर अविश्वास पैदा गर्ने र प्रदेशप्रति घृणा जगाउने र बद्नाम गर्ने कुरामा सचेत बनौं ।


उनले २५ प्रतिशत भन्दा बढी चालू खर्च घटाएको र आगामी आर्थिक वर्षमा पनि पौने अर्ब चालू खर्च घटाउने प्रतिबद्धता जाहेर गरेको बताए ।

आफू मुख्यमन्त्री बन्दा पूँजीगत खर्च ३० प्रतिशत पनि नपुगेको भन्दै अहिले पूँजीगत खर्च ८० प्रतिशतसम्म पुग्न उनले दाबी गरे । त्यसका लागि सरकारी संयन्त्रलाई ठीक ढंगले अगाडि बढाउँदा काम गर्न सकिन्छ भन्ने देखाएको बताए ।