नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्वव थापाले विश्वासको मत लिन गणितले नपुग्ने भएकाले मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले राजीनामा दिएर भोलि आउने सरकारलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । 

मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै दलका नेता थापाले राजीनामा दिनुपर्ने बताएका हुन् । 

उनले प्रदेशको ढोका बन्द गरेर भागेको सरकारले अध्यादेशबाट बजेट ल्याउने सरकारलाई विश्वासको मत दिनु पर्ने अवस्था पनि नरहेको बताए ।

दलका नेता थापाले सदनमा बोल्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने आधार नभएको बताए । उनले विश्वासको मत 'पत्र पठाएरै' मागेकामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई धन्यवादसमेत दिए ।