श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार १५ गते शुक्रबार, ३० जुन २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको द्वादशी तिथि भोलि ०१ः३० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र विशाखा १६ः२१ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः११ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ  ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकर्षक पहिरन र तारिफयोग्य कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । आफन्तको स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भरपर्दा दुःख पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ । पछिका लागि खर्चको जोहो गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
 प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्राको अवसर जुट्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बेसुरमा वचन दिनाले दुःख पाइनेछ । साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।