कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

बिहीबारको बैठकमा विश्वासको मत लिने कार्यसूची भए पनि सत्तारुढ दल नेकपा एमालेको आग्रहमा बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

सरकारमा रहेको माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने भएको छ । प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सीट आवश्यक पर्छ । एमाले र राप्रपासँग ४६ सांसद छन् । गठबन्धनमा रहेका दलसँग सभामुखबाहेक ४६ सांसद छन् । तर, जसपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।