कोशी प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वास मतसम्बन्धी प्रस्तावमा मत विभाजन कार्य जारी रहेको छ । 

माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए सरकार अल्पमतमा परेको थियो । सरकार अल्पमतमा परेसँगै कार्कीले बिहीबार प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव लगेका थिए । हिजै मत विभाजन हुने भनिए पनि सदनमा सांसदहरूले राखेको प्रश्नहरूको जवाफ दिन डाटा आवश्यक हुने भएकोले लिन जाने भन्दै हिँडेका मुख्यमन्त्री कार्की नफर्किएपछि बैठक स्थगित भएको थियो । उक्त स्थगित बैठकलाई आज ११ बजेबाट निरन्तरता दिइएको हो । 

कोशी प्रदेश सभामा  ४० सिट सहितको नेकपा एमाले सबैभन्दा ठुलो दल हो ।नेपाली काँग्रेसको २९, नेकपा माओवादीको ९सभामुख सहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ ।

कार्कीलाई विश्वासको मतको पक्षमा एमालेको ४० र राप्रपाको ६ गरी ४६ संसद्को समर्थन रहेको छ  । विपक्षमा नेपाली काँग्रेसको २९, नेकपा माओवादीको ९सभामुख सहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ गरी ४५ संसद् रहेका छन् । १ सिट सङ्ख्या रहेको जसपा तटस्थ बस्ने निर्णय गरेको छ ।