श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार १७ गते आइतबार, २ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको चतुर्दशी तिथि २०ः३९ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र ज्येष्ठा १३ः३३ बजेसम्म, उप्रान्त  मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः०१ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसाय र अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च लागे पनि रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइसँग भेटघाट हुनेछ। सरसापटमा केही रकम बाहिरिन सक्छ। फाइदा उठाउनेहरू सक्रिय हुनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। योजना गोप्य राखेर अघि बढ्नुहोला, विस्तारै फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुने समय छ। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा केही अलमल हुन सक्छ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सम्पादित कामबाट मनग्य धन लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार, पशुपालन र कृषि क्षेत्रबाट लाभ मिल्नेछ। सहयोगीको साथले हिम्मत जगाउनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ।