विजयपुर । धरान १५ स्थित शिक्षा सदन माविमा भएको आँखा शिविरमा १९६ जनाले सेवा लिएका छन् ।

आइतबार हाम्रो मोबाइल सङ्घ धरानको आयोजनामा नेपाल नेत्र ज्योति सङ्घ इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविरमा सेवा लिएका १९६ मध्ये ११ जनामा मोतिविन्दुको अप्रेशन गर्नुपर्ने र १ जनाको आँखाको माथिल्लो भागमा रहेको मासुको डल्लोको अप्रेशन गर्नु पर्ने भएको थियो ।

हाम्रो मोवाइल सङ्घका धरानका अध्यक्ष जीवन शाक्यले अप्रेशन निःशुल्क गर्न आँखा अस्पतालसँग समन्वय गर्ने बताए । कार्यक्रममा निःशुल्क औषधिको व्यवस्था र चश्मामा ५० प्रतिशत छुट हाम्रो मोबाइल सङ्घ धरानले व्यवस्था गरेको थियो ।

mobile