कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको म्याद दिएका छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) वा उपधारा (३) बमोजिममध्ये कुन उपधाराको आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नको लागि राजनीतिक दलहरुलाई दाबी पेश गर्न आह्वान गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया सुरु भएको हो ।