श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार १८ गते सोमबार, ३ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । असार शुक्लपक्षको पूर्णिमा तिथि १७ः२९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मूल ११ः१९ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः०१२ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भङ्ग हुन सक्छ। आफ्ना कमजोरी सार्वजनिक नगर्नुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदाका लागि काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्ने र पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिहानको समय उत्साहबद्र्धक रहनेछ। रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्यमा समस्या आउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा धन र श्रमसमेत खर्च हुनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आहारविहारमा ध्यान पुर्याउनु होला । जटिल काममा जुट्नु परे पनि दिन मनोरञ्जनपूर्ण र उत्साहबद्र्धक रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। व्यापार बढ्नेछ भने यात्राको साइत जुर्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन तथा ज्ञानको भण्डार बढ्नेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वादविवादमा अघि नसर्नुहोला । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले नाम र दाम दिलाउनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।