स्व गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा धरानका धार्मिक आस्थाका केन्द्रहरुमा नेपाली कांग्रेसले सरसफाइ गरेको छ । 

नेपाली कांग्रेस क्षेत्रीय कमिटीको संयुक्त सम्मेलनको पूर्व सन्ध्याको अवसर समेतलाई सदुपयोग गर्दै जीपी कोइराला जन्मजयन्तीका अवसरमा धरानका हिन्दू, बौद्व, इसाई र मुस्लिम धार्मिक स्थलमा सरसफाइ गरिएको हो । 

बिहान ७ बजे धरान १४ मा रहेको पिण्डेश्वरी बाबाधामबाट सरसफाइ सुरु गरी धरान ३ स्थित मस्जिद, धरान ८ स्थित गुम्बा र धरान १५ स्थित अनुग्रह चर्चमा सरसफाइ गरिएको सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र गोलेले जानकारी दिए ।   

‘धार्मिक स्वतन्त्रता चाहाने पार्टी नेपाली कांग्रेस भएकाले सम्मेलनको प्रचार स्वरुप सबै धार्मिक स्थलमा सफाइ गरिएको हो ।’ सभापति गोलेले भने ।

Congress Dharan Sarsafai_blastkhabar (3)

सरसफाइ कार्यक्रममा नेपाली कांग्रेसकातर्फबाट प्रदेश सभा सदस्य ममता तामाङ, कोशी प्रदेश महामन्त्री उमेश थापा, नेता किशोर राईलगायतको सहभागिता रहेको थियो । 

सरसफाइ कार्यक्रमलाई समापन गर्दै प्रदेश महामन्त्री थापाले कांग्रेसले सबै धर्मलाई समान रुपमा हेर्ने बताए । 

विभिन्न धार्मिक स्थलको सरसफाइ सह्रानीय भएको अनुग्रह चर्चका पास्टर पर्शु गुरुङले बताए । यसरी नै पार्टीभित्रको फोहोरलाई पनि सफा गर्नु पर्ने र कांग्रेसकै उच्च नेताले धर्म निरपेक्षताविपरीत बोलेको सुन्दा अच्चम लाग्ने पास्टर गुरुङले अनुभव सुनाए ।  

अहिले राजनीतिक दलप्रति जनताको वितृष्णा पलाएकाले जनतासँग हातेमालो गर्ने उद्देश्यले पनि विभिन्न कर्यक्रम राखिएको कार्यक्रम संयोजक युवराज शंकरले जानकारी दिए । 

Congress Dharan Sarsafai_blastkhabar (2)

क्षेत्रीय सम्मेलनको अवसरमा पार्टीले असार १९ गते अमर सेवा समाजको हलमा ब्याडमिन्टन प्रतियोगिता राखेको छ । यस्तै असार २० गते धरान रंगशालामा पत्रकार र पार्टीबीच मैत्रीपूर्ण फुटबल राखेको छ । यस्तै वराहक्षेत्रको कालाबञ्जारमा असार २१ गते डोरीतान प्रतियोगिता स्थानीय सभा हलमा राखेको छ । असार २२ गते धरानको भानुचोकमा दौड प्रतियोगिता राखेको छ  भने असार २९ र ३० गते  प्रतिनिधिसभा र प्रदेश सभा सुनसरी क्षेत्र न. १ (क) र १ (ख) को संयुक्त सम्मेलन कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा धरान ब्याङ्क्वेटमा आयोजना हुने छ ।