श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार १९ गते मङ्गलबार, ४ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्णपक्षको प्रतिपदा तिथि १४ः०१ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वाषाढा ०८ः४५ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः०१ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काम गरे पनि फाइदा आफैलाई हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिको चक्रमा अलमलिनु पर्दा कार्यसम्पादनमा समय लाग्नेछ । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछन् । तापनि नियमित काम सम्पादन हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढाउने काम सुरु हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ। रमाइलो यात्राको अवसर जुट्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीभाइको सहयोगले उत्साह मिल्नेछ । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ईष्र्या गर्नेहरू स्वयम् पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।