धरान । धरान–५ को डीपी बिलिभर्स इङ्लिस स्कुलमा एक दिने रोबोटिक्स कार्यशाला सम्पन्न गरिएको छ ।

आइतबार स्कुल परिसरमा गरिएको कार्यशालामा कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । स्कुलका प्रधानाध्यापक सन्जीप बान्तवाका अनुसार सूचना प्रविधिको बढ्दो विकासका कारण पनि समयअनुसारको शिक्षाको खाँचो छ ।

दुई सत्रमा विभाजन गरिएको कार्यशालामा पहिलो सत्रमा रोबोटिक्सको सिद्धान्तका बारेमा जानकारी दिइएको थियो । प्रशिक्षक विवेक न्यौपानेले रोबोटिक्सको सिद्धान्तबारे जानकारी दिँदा प्रतीक पौडेलले रोबोटिक्सको व्यावहारिक ज्ञानबारे जानकारी दिए ।

कार्यशालामा रोबोटिक्सको आधारभूत अवधारणा, रिमोट नियन्त्रण कार, रोबोटको प्रकार, मानवीय रोबोटको प्रयोग र रोबोटिक्सको भविष्यबारे चर्चा गरिएको थियो ।

विद्यार्थीहरूलाई रिमोट नियन्त्रण कार निर्माण गर्ने तरिकाबारे पनि सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । स्कुलका सह–प्रधानाध्यापक कुर्मिता बान्तवाले आगामी दिनमा विद्यार्थीहरूबीच रोबोटिक्स प्रतियोगिता आयोजना गरिने बताए ।