श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार २० गते बुधबार, ५ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्ण पक्षको द्वितीया तिथि १०ः२६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तराषाढा ०६ः०१ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः०१ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको चाप बढ्नेछ तर, सानोतिनो समस्याले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो श्रम परे पनि कामको प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यक्तित्वमा निखारता आउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तको उपहारले प्रसन्नता मिल्नेछ । प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायबाट आम्दानी भइरहनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यका लागि सजग रहनुहोला।केही विवादास्पद कामको जिम्मेवारी आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ईष्र्या गर्नेहरू स्वयम् पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ । जटिल कामसमेत सम्पादन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ। रमाइलो यात्रा र मिष्ठान्न भोजन प्राप्त हुनेछ ।