चिनियाँ राष्ट्रपति सी चिन फिङले मंगलबार बहुपक्षीयतालाई कायम राख्दै विश्वव्यापी शासन व्यवस्थामा सुधार गर्ने प्रयासमा जोड दिएका छन् । 

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भिडियो लिंकमार्फत् सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त टिप्पणी गरेका हुन् । 

सो  अवसरमा सीले आधिपत्यवाद र शक्तिको राजनीतिको विरोध गर्न, विश्वव्यापी शासन प्रणालीलाई थप न्यायपूर्ण बनाउन र सबैका लागि समान अधिकार, समान अवसर र निष्पक्ष नियमहरू अगाडि बढाउन ठोस र निरन्तर प्रयासद्वारा मानव समाजको आधुनिकीकरणलाई प्रवर्धन गर्नसमेत आह्वान गरे । 

– रासस